“105 Essential General Knowledge Questions and Answers for Nepali Students and Loksewa Preparation”

  Blog Desk       January 21, 2025     730 No Comments

This comprehensive collection of 105 general knowledge questions and answers is specifically designed for Nepali students and those preparing for the Loksewa exams. It covers a wide range of topics, including history, geography, politics, science, and culture. This resource is ideal for enhancing knowledge and ensuring thorough preparation for competitive exams. Whether your goal is to pass the Loksewa or simply to improve your general knowledge, these questions provide a solid foundation for success.

बस्तुगत प्रश्नोत्तर

१. सगरमाथा शिखरको सफल आरोहण गर्ने पहिलो पत्रकार महिला को हुन् ?

-कल्पना महर्जन (ललितपुर)।

(वर्ल्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी । उनलाई २०७७ चैत ४ गते पूर्वराष्ट्रपति डा. रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको ।)

२. संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने विभेद उन्मूलन (सिड) को सदस्यमा निर्वाचित नेपाली नारी को हुन् ?

-वन्दना राणा (सन् २०२० नोभेम्बर ९)  हाल समितिको उपाध्यक्ष रहेकी राणा उक्त समितिमा दोस्रोपटक निर्वाचित भएकी हुन । राणा सन् २०२१- २०२४ सम्मको कार्यकालका लागि चयन भएकी थिइन्। यो समिति संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्च आयोगको मातहतमा रहेको थियो ।

३. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?

-उत्तर अमेरिका ।

४. कुवेरको बगैँचालाई के भनिन्छ ?

-चैत्ररथ । ।

५. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

-राजवंशी ।

६. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?

-शिवपुरी

७. नेपाली नोटमा साबिकमा छापिँदै आएको राजाको फोटो र श्रीपेचको सट्टा हाल के छाप्ने गरिन्छ ?

-सगरमाथा ।

८. महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?

-सैलुङ (दोलखा) ।

९. नेपालको तराई, भावर, बुन, भित्री मधेस टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?

-उष्ण मनसुनी हावापानी ।

१०. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजाको हुन् ?

-गुणकाम देव ।

११. “यदि तपाईं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस्” भन्ने विचारक को हुन् ?

-कन्फ्युसियस ।

१२. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ?

-खाम्ची ।

१३. नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीनकालमा के भनी चिनिन्थ्यो ?

-विदेह

१४. नेपालमा एफएम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो ?

– विसं २०५२

१५. अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ?

-अल्जेरिया । (यस अघि सुडान थियो ।)

१६. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

– बुचौ ।

१७. नेपालका कुन नदीबाट लगिएको शिलाबाट  भारतको अयोध्यास्थित राम मन्दिरमा श्रीरामको बालस्वरूप मूर्ति बनाइने भएको छ ।

– कालीगण्डकी

१८. चिनमा ‘एक दम्पती तीन सन्तान’ नीति कहिलेदेखि लागू भएको हो ?

-सन् २०२१ मे ३१

राष्ट्रपति सी चिनफिङद्वारा मे ३१ मा सो नीति स्वीकृत गरिएको । चीनमा सन् २०१६ देखि एक दम्पती दुई सन्तान नीति लागू भएको थियो । सोभन्दा अघि सन् १९६० देखि २०१५ सम्म एक दम्पती एक सन्तान नीति प्रचलनमा थियो।

१९. बसन्त र पतझड नामक कृतिका लेखक को हुन् ?

– कन्फ्युसियस

२०. स्वतन्त्र भारतको पहिलो मतदाता कसलाई मानिन्छ ?

– श्यामशरण नेगी

बेलायतबाट भारत स्वतन्त्र भएपछि सन् १९५१ को अक्टोबर २५ मा भएको पहिलो निर्वाचनमा नेगीले मतदान गरेका । उनलाई भारतीय लोकतन्त्रको किंवदन्ती पनि भनिने  गरिन्छ । उनी शिक्षण पेसामा आबद्ध थिए ।

सन् १९१७ जुलाई १ मा किन्नौरमा जन्मिएका नेगीको सन् २०२२ नोभेम्बर ५ मा निधन भएको ।

२१. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

– माघ १

२०७९ को नारा – स्वस्थ जीवनको चाहना :

योग, शिक्षा र साधना । वि.सं. २०७२ मा नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा

मनाउने निर्णय गरेको थियो ।

२२. उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालनमा ल्याउने स्थानीय तह कुन हो ?

-शिखर नगरपालिका (डोटी)

२३. राष्ट्रिय कर दिवस कहिले मनाइन्छ ?

-मङ्सिर १

विसं २०८० को नारा : स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन । विसं २०८० असार मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाता १८,७६,३०५ रहेका । विसं २०८० असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ कुल करदाता ३६, ४९, ६१४ रहेका । २०८० असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ५५,२५,९१९ रहेका । आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिक रूपमा परिचालन हुने प्रमुख

करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कलगायतका कर प्रशासन गर्दै आएको ।

२४. नेपालमा क्रिकेट खेलको सुरुवात गर्ने व्यक्तिका रूपमा कसलाई चिनिन्छ ?

-मदनशमशेर जबरा

२५. बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छीका रूपमा घोषणा गरिएको पन्छी कुन हो ?

-सारस (विसं २०७५ मङ्सिर १० )

२६. प्रथम महिला बालोन डि ओर‘ अवार्ड प्राप्त गर्ने खेलाडी को हुन् ?

-एडा हेग वर्ग (नर्वे)

२७. नेपालमा सर्वप्रथम स्मार्ट लाइटको प्रयोग

गर्ने महानगरपालिका कुन हो ?

-ललितपुर महानगरपालिका

२८. सन् २०३० सम्ममा विश्वव्यापी तापक्रमलाई कति डिग्रीमा सीमित राख्ने लक्ष्य लिइएको छ ?

-३२ डिग्री सेल्सियस

२९. जाजरकोटको बारेकोट गाउँपालिका, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प कहिले गएको हो ?

– विसं २०८० कात्तिक १७

भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठुलो क्षति भएको । मध्यरात (११ बजेर ४७ मिनेट) मा गएकाले पनि सो भूकम्पका कारण धेरै जनधनको क्षति हुन पुगेको भूकम्पका कारण १६० भन्दा बढीको मृत्यु तथा ३७५ घाइते भएका थिए । ) भूकम्पले जाजरकोटमा चार हजार एवं रुकुम पश्चिममा दुई हजार घर पूर्ण रूपमा ध्वस्त भएका थिए ।

३०. एसियाली पारा खेलकुदमा नेपाललाई पहिलो पल्ट पदक दिलाउने खेलाडी को हुन् ?

– पलेशा महर्जन

पलेशाले चीनको हाउभाउमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाललाई कांस्य पदक दिलाएकी । उनले के-४४ क्याटेगोरीको महिला ५७ केजी मुनि तौल समूहमा कांस्य पदक जितेकी थिए ।

३१. संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ?

– अक्टोबर २४

३२. गाईको प्रतिमासहितको स्तम्भ कहाँ निर्माण गरिएको छ ?

– गाईघाट (त्रियुगा न.पा. उदयपुर)

राष्ट्रिय जनावर गाई (सँगै बाच्छी रहेको) को प्रतिमासहित निर्मित सो स्तम्भ २०७९ पुस २३ मा अनावरण गरिएको थियो ।

३३. नेपाल संवतको थालनी कसले गरेका हुन ?

– शङ्कधर साख्वा

नेपाल संवतको थालनी वि.सं. ९३६ (११३५ वर्षपहिले) मा शङ्खधर साख्वाले गरेका हुन् । विक्रम संवत्को थालनी राजा विक्रम आदित्यले गरेका हुन् । यो संवत् इस्वी संवत्भन्दा ५७ वर्ष अघि छ । ग्रेगोरियन क्यालेन्डरअन्तर्गत प्रचलित संवत् इस्वी संवत् हो. जस अनुसार जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाउने गरिन्छ । चन्द्रपात्रो अनुसार तिथिका आधारमा विभिन्न पर्व मनाइने हुँदा नयाँ वर्ष पनि तिथिकै आधारमा मनाइन्छ भने सौर्य पात्रो अनुसार गतेका हिसावले पर्वहरू मनाइने हुँदा नयाँ वर्ष पनि निश्चित गतेमा नै मनाउने गरिन्छ।

३४. ब्रेल लिपिका आविष्कारक लुई ब्रेलको जन्म कहाँ भएको हो ?

-फ्रान्स

दृष्टिविहीनले लेखपढका लागि प्रयोग गर्न सक्ने ब्रेल लिपिका आविष्कारक लुई ब्रेल हुन् सानो उमेरमै आँखाको ज्योति गुमाउन पुगेका बेलले १५ वर्षकै उमेरमा सन् १८२४ मा यो लिपिको विकास गरेका थिए । सन् १८०९ जनवरी ४ मा फ्रान्समा जन्मिएका लुई सन् १८५२ अगस्ट ६ मा ४२ वर्षको उमेरमा यस संसारवाट सदाका लागि विदा भएका थिए ।

३५. लामो समयका लागि कम ब्याजदरमा प्राप्त हुने ऋणलाई के भनिन्छ ?

– सफ्ट लोन

३६. विश्व व्यापार सङ्गठनलाई कसको उत्तराधिकारी संस्था मानिन्छ ?

-GATT

३५ पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ ?

– जियोथर्मल ऊर्जा

३८. सहकारीको अवधारणा कहिले र कुन देशबाट आएको हो ?

– सन् १७६१, स्कटल्यान्ड

३९. भुआ पर्व कहाँ प्रचलनमा रहेको छ ?

– हुम्ला

हुम्लाबासीले परम्परादेखि नै मनाउँदै आएको ‘भुओ’ पर्व सल्लाका झरोको (लोस्टो) राँको बालेर गाउँको सार्वजनिक स्थान (चौपारी) मा मनाउने गरिन्छ । स्थानीय पहिरनमा सजिएका पुरुषले रातभरि चुट्किला गीत गाएर जाग्राम बस्दै सो पर्व मनाउँदै आइएको । मानिस मृत्यु नभएका प्रत्येक घरबाट सल्लाको झरो बालेर पुरुष भुओ पर्व मनाउन र साथै गाउँको सार्वजनिक स्थानमा गएर गीत गाउँदै नाच्ने काम धुमधामका साथ हुने गरेको । मृत्युभएको घरमा जुठो लागेको भन्दै उक्त घरबाट भने पर्व मनाउन जाने गरिँदैन । सार्वजनिक स्थानमा गाउँका पुरुष जम्मा भएर नाचगान गर्ने र त्यसपछि भुओ मनाउने स्थानमा गएर पूजापाठ गर्ने गरिन्छ । त्यसअघि पुरुष आ-आफ्नो कुटुम्ब पर्ने छिमेकीको छोरी चेलीसँग पानी माग्ने र छोरी चेलीले घरको छतबाट पानी छर्ने कार्य हुन्छ । यसलाई भसी माग्ने भनिन्छ । पानीले भिजेपश्चात् गाउँबासीले दाउरा जम्मा गरेर आगो बालेको स्थानमा गएर आगो ताप्ने गरिन्छ । त्यसपछि रातभर आगो ताप्दै नाचगान गरी रात बिताउने र बिहान सबेरै नुहाएर आफन्त तथा मान्यजनको घरघरमा गएर ढोगभेट गर्ने प्रचलन रहेको छ । भुओ खेल्न गएका पुरुष ढोगभेट गर्न आफन्तको घरघरमा जाने र सगुनपात खुवाउने चलन पनि रहेको छ ।

४०. सापेक्षतावादको सिद्धान्त पत्ता लगाउने वैज्ञानिक को हुन् ?

-अल्बर्ट आइन्सटाइन

४१. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव

भनी चिनिन्छ ?

– रवीन्द्रनाथ टैगोर (भारत)

४२. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मुल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ?

– नरैनापुर (बाँके)

सो मुल्याङ्कन प्रतिवेदन (२०७९ मा प्रकाशित) अनुसार प्युठान नगरपालिका दास्रो र म्याग्दीको मङ्गला गाउँपालिका तेस्रो भएका थिए ।

४३. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ?

– फागुन ७

वि.सं. २०७२ फागुन ७ मा ७ औं निर्वाचन

दिवस मनाइएको ।

४४. यम (प्लुटोलाई ग्रहको स्तरबाट हटाई पुड़के ग्रह (ड्वार्फ प्लानेट) को मान्यता कहिले दिइएको हो ?

– सन् २००६

यसका पाँच उपग्रह (चारोन, हाइड़ा, करवेरस, निक्स एवं टिक्स रहेका) । यसलाई सन् १९३० मा ‘क्लाइड टम्बग’ले पत्ता लगाएका थिए ।

४५. पुरातात्त्विक शिल्पी सङ्ग्रहालयको निर्माण

कहाँ गरिएको छ ?

– गाउँसहरस्थित थुम्कोडाँडा (लमजुङ) (पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले  बनाएका वस्तु राखिएको ।)

४६. बास्केटबल खेलमा हुप कति फिट उचाइमा रहेको हुन्छ ?

– १० फिट

४७. नेपालमा प्रथम राष्ट्रिय स्की (हिउँमा चिप्लिने खेल) कुन जिल्लामा आयोजना भएको हो ?

– रसुवा

४८. साहसिक खेल भिया फराटा नेपालमा पहिलो पटक कुन ठाउँमा आयोजना गरियो ?

– ग्याल्जेन पिकको बेस क्याम्प (जुगल हिमाल)

४९. नेपालमा पहिलो पटक बिनाअप्रेसन मुटुको भल्मको सफल प्रत्यारोपण गर्ने अस्पताल कुन हो ?

– शहीद गङ्गालाल हृदय केन्द्र

५०. वित्तीय संस्थाका लागि जलवायु परिवर्तन कानुन लागू गर्ने विश्वकै पहिलो राष्ट्र कुन हो ?

– न्युजिल्यान्ड (सन् २०२१)

५१. नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ?

– कास्की

घोषणा भएको मिति वि.सं. २०६८ असार १०, खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला चितवन (२०६८ असोज ६) तेस्रो तनहुँ । २०६९ साउन ३) सबैभन्दा पछि खुला दिसामुक्त घोषित जिल्ला भोजपुर (२०७६ असोज ४ ) नोट : दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज

१३ (सन् २०१९ सेप्टेम्बर ३०) रहेको ।

५२. ‘नेपाल आँखा बैक’ को स्थापना कहिले र कहाँ भएको हो?

– सन् १९९४, तिलगङ्गा (काठमाडौं) आँखाको नानी प्रत्यारोपण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको अन्तर्राष्ट्रिय आँखा बैङ्कको सङ्घ बाल्टिमोर (अमेरिका) को प्राविधिक सहयोग एवं सहायतामा यस बैङ्कको स्थापना भएको । आँखा दान गर्ने व्यक्ति मरेको १२ घण्टाभित्र आँखाको सबैभन्दा बाहिर पट्टि रहेको पातलो झिल्ली अर्थात् कोर्निया झिकी यस बैडमा सुरक्षितसाथ राखी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने ।

५३. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?

– फेब्रुअरी २१

(सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।

५४. महान फुटबलर पेलेको निधन कहिले भएको हो ?

– सन २०२२ डिसेम्बर २९

५५. विश्वमा सबैभन्दा बढी अलैँची उत्पादन हुने मुलुक कुन हो ?

– नेपाल

५६. कमलरीमुक्त घोषित पहिलो जिल्ला कुन हो ?

-दाङ

५७. मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ ?

– सिन्धुपाल्चोक

५८.नेपालको कुन ठाउँमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय स्थापना गरिएको छ ?

 – फर्पिङ (काठमाडौ)

(नेपालको पहिलो जलविद्युत आयोजना ‘फपिङ जलविद्युत आयोजनाको जलविद्युत लाई विद्युत तथा रूपमा स्थापना गरिएको ।)

५९. जिब्रो भएर पनि आवाज निकाल्न नसक्ने जीव कुन हो ?

– जिराफ

६०. खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वमा कोदो उत्पादन गर्ने देशमा नेपाल कति औं स्थानमा रहेको छ ?

– ८६ १३ औं

६१.नेपालको पहिलो दस अवतारसहितको चालीस फिट अग्लो ब्रह्मा मन्दिर कहाँ निर्माण गरिएको छ ?

– बनेपा, काभ्रे

नेपालमै पहिलो पटक दस अवतारसहितको ब्रह्मायणी मन्दिर र ब्रह्माको प्रतिमा स्थापना गरिएको । विश्वका दुई मुलुक भारतको राजस्थान र थाइल्यान्डको बैंककमा दस अवतारसहितको मन्दिर अवस्थित रहेको । दस अवतारसहितको मन्दिर निर्माण गर्ने नेपाल तेस्रो मुलुकका रूपमा रहेको ।

६२. चिया बगानका श्रमिकलाई बस्नका लागि साहुले बनाइदिएको घरलाई के भनिन्छ ?

– घुम

६३. राशी १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?

– २७ वटा

६४. एसिया महादेशले विश्वको स्थल भागको कति प्रतिशत भाग ओगटेको छ ?

– ९२ प्रतिशत

६५. कुनै सतहमा ठक्कर खाई फर्किएको परावर्तित ध्वनिलाई के भनिन्छ ?

– प्रतिध्वनि

६६. पारिजातद्वारा लिखित शिरीषको फूल कुन धाराको औपन्यासिक कृति मानिन्छ ?

– अस्तित्ववादी धारा

६७. सर्वसाधारण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन् ?

– मोहनशमशेर

६८. पृथ्वीको बनावटलाई कति भागमा विभाजन गरिएको छ ?

– तीन (स्थलमण्डल. मिश्रितमण्डल र केन्द्रमण्डल)

६९. नेल्सन मन्डेला पुरस्कार, २०२३ कसलाई प्रदान गरियो ?

– क्यारोल सेवेल

७०. विश्व एड्स दिवस कहिले मनाइन्छ ?

– डिसेम्बर १

३६ औं एड्स दिवस (२०२३) को नारा ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं रहेको छ।

दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालमा सन् २०१० देखि २०२२ सम्ममा नयाँ एचआइभी सङ्क्रमण दर करिब ७७ प्रतिशतले घटेको तथा एड्सबाट हुने मृत्यु ८० प्रतिशतले घटेको देखिएको छ । ९५-९५-९५ अभियान एचआइभ एड्ससँग सम्बन्धित रहेको छ ।

७१. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

– चार (बंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ ).

७२. ‘सबैका लागि शिक्षा’ विषयक विश्व सम्मेलन कहिले र कहाँ भएको थियो ?

– सन् १९९०, थाइल्यान्डको जोम्टिन

७३. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

– त्रिभुवन राजपथ

७४. नेपाल विश्व पर्यटन सङ्गठन ( युएनडब्लुटिओ) को सदस्य कहिले बनेको हो ?

– सन् १९७५

विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को स्थापना सन् १९७५ जनवरी २ मा भएको हो। यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको छ ।

७५. सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ?

– विसं २०६० असोज ३०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको ।

पहिलो पटक गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैर आवासीय नागरिकता. प्रदान गरिएको ।

नेपालको संविधानको धारा १४ मा गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको ।

२०८० कार्तिक १ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने ।

७६. विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ ?

– अक्टोबर १०

सन् २०२३ को नारा – मानसिक स्वास्थ्य: विश्वव्यापी मानव अधिकार

७७. एटिएम मेसिनको आविष्कार कसले गरेका हुन् ?

– जोन सेफर्ड वारोन

एटिएम मेसिनको सुरुवात सन् १९६७ देखि भएको हो ।

बेलायतको लन्डनस्थित एक वैङ्कमा पहिलो पटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको थियो ।

सुरुमा होल इन द बाल नामबाट चिनिने यो मेसिनमा चार अड्डको पिन नं. प्रचलनमा रहेको छ । नेपालमा पहिलो पटक एभरेस्ट बैङ्गले

एटिएम प्रयोगमा ल्याएको हो ।

७८. राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?

– औबडाकाजी

(राणाकालीन समयमा दर्ज्यानी क्रममा माथिवाट तल क्रमशः वडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुव्वा, नायबसुब्वा, खरिदार, डिट्ठा, मुखिया, पहिदार र नौसिन्दा रहेका ।)

७९. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

– किलिमञ्जरो

अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटीय गन्तव्य पनि हो । यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको । यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने ।

८०. प्राचीन युद्ध अभ्यासको अभिनयका रूपमा पञ्चेबाजाको तालमा हतियार देखाई नाचिने नाच कुन हो ?

– सरायँ नाच

खुँडा, खुकुरी, भाला, तरबारलगायतका विभिन्न घरेलु हतियार देखाएर नाच्ने गरिएको सराय नाच सुरक्षाको दृष्टिकोणले हाल काठका हतियार, रुमाल, मयुरका प्वाँख र फूलका साथ नाच्न थालिएको । यो नाच विशेष गरी गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङलगायतका पहाडी जिल्लामा प्रचलनमा रहेको । यो क्षेत्रमा विशेष गरी विजयादशमीदेखि पूर्णिमासम्म सराय नाच आयोजना गर्ने गरिएको ।

८१. ग्लोबल हडगर इन्डेक्स २०२३ अनुसार विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपाल कति औ स्थानमा रहेको छ ?

– ६९ औं

भोकमरी सूचकाङ्क सूचीमा पहिलो स्थानमा बेलारुस रहेको । कुल १२५ देशको तथ्याङ्क रहेको सो सूचकाइकको अन्तिम स्थानमा मध्य अफ्रिकी गणतन्त्र रहेको । सन् २०२२ मा ८१ औं स्थानमा रहेको नेपालले सुधार गर्दै यस वर्ष ६९ औं स्थानमा आइपुगेको ।

विश्वमा सबैभन्दा कम भोकमरी भएको देश: बेलारूस

विश्वमा सबैभन्दा बढी भोकमरी भएको देश

मध्य अफ्रिकी गणतन्त्र

८२. नेपाल – चीनविच अन्तरसंसदीय सहयोग सम्झौता कहिले भएको हो ?

– बिसं २०७९ भदौ २६

८३. विश्वको सबैभन्दा ठुलो सौर्य टेलिस्कोप सेट बनाउने मुलुक कुन हो ?

– चीन

८४. थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?

– सन् १८४७ फेब्रुअरी ११

उनको जन्म अमेरिकाको ओहायो राज्यमा भएको

ग्रामोफोन, विद्युत् बल्ब, चलचित्र क्यामेरा, प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक थोमस अल्भा एडिसन हुन् ।

टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग गर्ने वैज्ञानिक एडिसन हुन् ।

हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने

वैज्ञानिकका रूपमा एडिसनलाई चिनिन्छ । थोमस अल्भा एडिसनको मृत्यु सन् १९३१ अक्टोबर १८ मा भएको।

८५. फोहोर शून्य अभियान सञ्चालन गरिएको राष्ट्रिय निकुञ्ज कुन हो ?

– चितवन राष्ट्रिय निकुञ्ज

८६. ‘मैले देखेको नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?

– हर्क गुरुङ

८७. पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले भएको हो ?

– सन् १९३०

पहिलो विश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा भएको ।

सो प्रतियोगितामा १३ राष्ट्रको सहभागिता रहेको ।

फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पुऱ्याइएको । सन् २०२६ को वर्ल्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या: ४८ ।

८८. १०/१० / १० अभियान केसँग सम्बन्धित रहेको छ ?

– जलवायु परिवर्तन

८९. नेपालमा वन्यजन्तुको डिएनए परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?

– खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशाला

 नेपालमा वन्यजन्तुको डिएनए परीक्षणको सुरुवात विसं २०७४ पुस ४ देखि भएको । मान्छे र वन्यजन्तुको डिएनए परीक्षण गरिने (एउटै प्रयोगशालामा) यो दक्षिण एसियामै पहिलो प्रयोगशालाका रूपमा रहेको ।

९०. संयुक्त राष्ट्रसमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

– सन् १९९८

संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८- २००६) हुन् । हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

९२. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

– सत्तार

(बिसखेला पर्व चौर वा खेल मैदान वरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आफूतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आफूतिर तानेर विष झार्न सक्छ, त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ । सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेष गरी झापा जिल्लामा प्रचलनमा छ ।)

९३. हालै वैज्ञानिकहरूले अन्तरिक्षमा कुन जीवको भ्रुणको विकास गर्न सफल भएका छन् ?

– मुसा

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रुणको विकास गरेका ।

वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रुणको विकास भएको र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुन सक्ने सङ्केत दिएको । आइएसएसको पूर्ण सूक्ष्म गुरुत्त्वाकर्षण अन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्रुणहरूको संवर्धन गरिएको विश्वमा यो पहिलो प्रयोग भएको जनाइएको। यामानाशी विश्वविद्यालयको एड्भान्स्ड ‘बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एरोस्पेस एजेन्सीको एउटा टिमसहितका ॐ अन्वेषकहरूले सन् २०२१ अगस्तमा एउटा रेकेटमा जमेको मुसाको भ्रुणलाई आइएसएसमा पठाएका थिए । अन्तरिक्षयात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रुणहरूलाई पगालेर र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरेका । सूक्ष्म गुरुत्त्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्ट ( प्लेसेन्टामा विकसित हुने कोषिका) मा विकसित हुने । सन् २०२३ अक्टोबर २८ मा प्रकाशित विज्ञानसम्बन्धी पत्रिकाको एक अध्ययन प्रतिवेदनमा भुणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर नदेखिएको वैज्ञानिकहरूले जनाएका ।

९४. सखिया नाच कुन समुदायमा प्रचलित नाच हो ?

– घारू

थारू समुदायको मौलिक लोक संस्कृतिका रूपमा रहेको सखिया नाच पहिले श्रीकृष्ण जन्माष्टमीका दिनदेखि नाच्ने गरिए पनि पछिल्लो समय दसैँको अवसरमा नाच्ने गरिन्छ । सखिया नाचमा युवती सामूहिक रूपमा नाच्ने र पुरुषले मादल बजाउने गर्छन्। सखिया नाचको नेतृत्व युवतीले गर्छन्, जसलाई मोहिन्य भनिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सखिया नाच नाच्ने गरिन्छ तर नवमीको दिनदेखि बडादसैंको दिनसम्म भने दिउँसैदेखि सखिया नाच नाचिने । भागवत पुराणमा भएको कथाका आधारमा नाचिने भएकाले थारू समुदायमा यो नाचलाई लोककाव्य र महागाथाका रूपमा मानिने । सखिया नाचेपछि गाउँमा शान्ति कायम हुने एवं स्वेतवारीमा रोपेका अन्नबाली राम्रो हुने जनविश्वास रहेको।

९५. ग्रिष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर कुन हो ?

– बेइजिङ

९६. मुलुकको पहिलो केबुलकार सेवा कुन हो ?

– मनकामना केबुलकार

विसं २०५५ मङ्सिर ८ देखि सञ्चालनमा को कार सेवा २५ वर्ष पूरा गरी २६ औं वर्षमा प्रवेश गरेको ।

केबुलकारले एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने कार्य अघि बढाएको ।

अस्ट्रियाको डोपलमेयर कम्पनीको डि-कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने पहिलो चरणको काम सम्पन्न भई बाँकी काम २०८१ भदौ/ असोजमा सम्पन्न हुने जनाइएको ।

९७. ओस्कार अवार्डका लागि पठाइएको नेपाली फिल्म कुन हो ?

– हल्कारा

९५. सात राजनीतिक दल र नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता कहिले भएको हो ?

– विसं २०६३ मङ्सिर ५

९९. नेपाल राष्ट्र बैकका पहिलो गर्भर हिमालयशमशेर जबराको निधन कहिले भएको हो ?

– बि. स. २०७९ माघ २२

बि.स. १९८४ पुसमा जन्मिएका जबरा. नेपाल राष्ट्र बैंक स्थापना (विसं २०१३ वैशाख १४) भएपछि पहिलो गर्भनर बनेका विस २०१३ वैशाख १० गतेको निर्णयअनुसा नेपाल राष्ट्र बैंकको गभरमा नियुक्त भएका जबराले वि.सं २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म गभर्नर भई कार्य २३ घारू थारू समुदायको मौलिक लोक संस्कृतिका रूपमा रहेको सखिया नाच पहिले श्रीकृष्ण जन्माष्टमीका दिनदेखि नाच्ने गरिए पनि पछिल्लो समय दसैँको अवसरमा नाच्ने गरिन्छ ।

सखिया नाचमा युवती सामूहिक रूपमा नाच्ने र पुरुषले मादल बजाउने गर्छन्। सखिया नाचको नेतृत्व युवतीले गर्छन्, जसलाई मोहिन्य भनिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सखिया नाच नाच्ने गरिन्छ तर नवमीको दिनदेखि बडादसैंको दिनसम्म भने दिउँसैदेखि सखिया नाच नाचिने ।

भागवत पुराणमा भएको कथाका आधारमा नाचिने भएकाले थारू समुदायमा यो नाचलाई लोककाव्य र महागाथाका रूपमा मानिने ।

सखिया नाचेपछि गाउँमा शान्ति कायम हुने एवं स्वेतवारीमा रोपेका अन्नबाली राम्रो हुने जनविश्वास रहेको।

भार सम्हालेका

२००७ सालको परिवर्तनपछि बनेको पहिलो संयुक्त सरकारमा उनी पहिलो अर्थसचिव बनेका । उनकै पालामा भा.रु. १०० बराबर रु. १६० कायम हुने गरी दर निर्धारण गरिएको । सुवर्णशमशेर जबराद्वारा २००८ माघ २१ गते प्रस्तुत नेपालको पहिलो बजेट निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको। पहिलो नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नर उनी नै हुन्। यस अघि सदर मुलुकीखानाबाट नोट निष्कासन हुने गर्थ्यो जसमा खजाञ्चीको नाम उल्लेख हुन्थ्यो तर हस्ताक्षर भने हुँदैनथ्यो । सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर, प्रोजेक्ट अफिसरका रूपमा कार्य गरेका जवराले सन् १९६४-७२ सम्म यूएनडीपीमा समेत कार्य गरेका उनी हिमालयन बैङ्कको संस्थापक पनि हुन् । जर्नल लक्ष्मणशमशेर जबरा र विजयालक्ष्मीको कोखबाट जन्मिएका जबराले भारतको मुम्बइस्थित स्कुल अफ इकोनोमिक्स एन्ड सोसियोलोजीबाट

अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका उनका दुई छोरा र दुई छोरी रहेका ।

१००. नेपालका महत्वपूर्ण ९९ जडीबुटीको विवरण उल्लेख गरी राणाकालमा लेखिएको प्रसिद्ध पुस्तक कुन हो ?

– चन्द्रनिघण्टु

१०१. छोरीलाई दाइजोका रूपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?

चेपाङ

(चिउरीको बियाँ माछा मार्न उपयोग हुने साथै बियाँ पेलेर घिउ पनि निकाल्न सकिने हुँदा विहेपछि छोरीले चिउरीको घिउ र माछामासु खान पाओस् भन्ने विश्वासका साथ |)

१०२. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ?

– बर्लिन (जर्मनी)

१०३. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

– चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ )

१०४. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

– त्रिभुवन राजपथ

१०५. विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?

– भारतको इलाहावाद

यस मेलालाई विश्वकै ठूलो मानव जमघटका रूपमा लिने गरिन्छ । गङ्गा र यमुना नदीको सङ्गमस्थलमास्नान गर्नाले मोक्ष प्राप्त हुने हिन्दु धर्मावलम्बीको विश्वास

रहेको ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *